December 4, 2020, Friday
२०७७ मंसिर २०

रुसले नेपाललाई २ करोड ५० लाख डोज काेराेना बिरुद्ध खाेप दिने 

1.1K

रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ । कोषले मंगलबार ट्रिनिटी ​​फार्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ । 

यस सहमित अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप ‘स्पुतनिक-भी’ उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ ।

आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिने जनाइको छ । “मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्,” रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ । 

रूसी खोपको क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र ‘स्पुतनिक भी’ले शतप्रतिशत सहभागीहरुमा स्थिर ‘ह्‍युमरल र सेलुलर’ प्रतिरक्षा प्रतिक्रिया उत्पन्‍न गरेकोसमेत जनाइएको छ ।

११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ‘स्पुतनिक भी’ खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ । 

४ सेप्टेम्बरमा, ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो । 

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेकोसमेत जनाइएको छ । आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलिनय डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ । बाह्रखरी बाट

Recent Update