November 29, 2020, Sunday
२०७७ मंसिर १४

नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर

141

दोहा – नेपाल र इजरायलबीच श्रमिक लैजाने र इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था माशाभको तत्वावधानमा इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउने छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने सक्ने दूतावासले जनाएको छ ।

यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ । सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ ।

Recent Update