December 1, 2020, Tuesday
२०७७ मंसिर १६

काठमाडौंका १२३ पसलको अनुगमन: १३ हजार किलो प्याज बरामद

141

काठमाडौं – काठमाडौं महानगरले गएको २२ दिनमा तरकारी, फलफुल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको छ । ठाउँमध्ये २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको छ ।

यसरी तिराइएको जरिवानाबाट १२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जरिवाना पर्नेले कम्तीमा १ हजार र बढीमा २ लाख ५५ हजार रुपैयाँ तिरेका छन् ।

अनुगमनबाट प्राप्त उपलब्धिका बिषयमा जानकारी गराउँदै उपप्रमुख एवम् समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले भनिन् – ‘कोरोनाका समयमा जनताहरु एकातिर आय श्रोत बिग्रिएर चिन्तित छन् । अर्कातिर चर्को मूल्य वृद्धिले समस्यामा छन् ।

हामीले जनताका समस्यासँगै व्यापारीका समस्या पनि बुझेका छौं । प्रतिकुल समयमा पनि खाद्य बस्तुको आपूर्ति गर्नुभएको छ । यो ठूलो कुरा हो । तर, यसकै नाममा कालोबजारी र ठगी गर्नुहुँदैन ।’

उनले थप्दै भनिन् — ‘महामारी छ भनेर जे पनि गर्ने छुट कसैलाई छैन ।’

‘काठमाडौंको जनजीवनलाई सहज बनाउन सन्तुलित बजार व्यवस्थापन जरुरी छ ।’ भेटघाटका क्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीले भने – ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर काठमाडौंको तरकारी, फलफुल र माछामासुको बजार व्यवस्थापन गर्न महानगर सक्षम छ ।

यसका लागि वाणिज्य आपूर्ति र उपभोक्ता हित संरक्षण विभाग र खाद्य तथा गुण नियन्त्रण बिभागको सहयोग आवश्यक छ ।

’बजारमा खाद्य वस्तु तथा प्याजलगायत तरकारीमा अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि नियमित अनुगमन भइरहेको हो ।’

अनुगमनको नेतृत्व गरिरहनु भएका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले, अनुगमन क्रममा पसलमा मूल्य सूची, व्यवसाय दर्ता र नविकरण, नापतौलको प्रमाण पत्र, लेवलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रत्रिया, खाद्य अनुज्ञा पत्र भए नभएको हेरिएको थियो जानकारी दिए ।

उनका अनुसार, यस अघि दिइएका निर्देशनको पालना र तौल जस्ता बिषय पनि हेरिएको थियो । यस क्रममा काठमाडौंका ठूला तरकारी बजारहरुमा कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफुल पसल हेरिएको छ ।

भण्डारी भन्छन् — ‘दाल, चामल र तेलका ठूला गोदामहरुमा कुलेश्वर, कोटेश्वर, बालाजु, बनस्थली, बत्तीसपुतली क्षेत्र हेरिएको छ । बजारमा खरिद बिक्रीको चक्र थाहा पाउन अनुगमन टोलीले खुद्रादेखि होलसेलसम्म पसलहरुलाई प्रतिनिधिमूलक रुपमा हेरिसकिएको छ ।’

यस अवधिमा किराना पसलतर्फ खुद्रा, होलसेल र गोदाम, तरकारी तथा फलफुल बजारको अवस्था हेरिएको थियो 

Recent Update