November 27, 2020, Friday
२०७७ मंसिर १२

युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त

246

काठमाडौँ – सरकारले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको हो ।

त्यस्तै बैठकले लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूतमा नियुक्त गरेको हो ।

मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

Recent Update