November 28, 2020, Saturday
२०७७ मंसिर १३

आज थपिए १९११ कोरोना संक्रमित, ९६१ जना डिस्चार्ज

186

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए । सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या ११ हजार ६९ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय ९ पुगेको छ ।

Recent Update