November 25, 2020, Wednesday
२०७७ मंसिर ११

कश्मीरमा ३ भारतीय सैनिकको मृत्यु

180

एजेन्सी–भारतप्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली प्रहारबाट ३ भारतीय सैनिक मारिएका छन्। 

भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिकहरु मारिएको बताए। उक्त घटनामा थप ४ सैनिक घाइते भएका छन्।

भारतीय सेनाका तर्फबाट पनि कडा प्रतिकार गरिएको प्रवक्ता कालियाले बताए। पाकिस्तानले भने भारतीय सैनिकले उक्त क्षेत्रमा जारी युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। ती घटनामा सर्वसाधारण पनि घाइते भएका छन्।

Recent Update