October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

मुसिकाेट १२ मा स्वास्थ्य सहायता केन्द्र

1.1K

मुसिकाेट नपा १२ मा स्थापना भएको स्वास्थ्य सहायता केन्द्र


जिल्लाको मुसीकोट नगरपालिकाले बिश्वभरी माहामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड –१९)को रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाएकाे छ । शनिबार वडा नम्बर १२ को पुरिनचौरमा पनि स्वास्थ्य सहायता केन्द्र स्थापना गर्दै कामलाई तिव्रता दिएको हाे ।

नगरपालिकाका सबै वडामा स्वास्थ्य चौकी तथा केन्द्रहरु स्थापना गर्ने सरकारको लक्ष्य अनुसार वडा नम्बर १२ को पुरिनचौरमा पनि स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको हो । कोरोना भाइरसको को रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउदै लिएको र त्यसको रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउदै लिने क्रममा नगरपालिकाले वडा नम्बर १२ मा स्वास्थ्य सहायता केन्द्र स्थापना गरि वडा अध्यक्ष प्रेम ओलीले जानकारी दिए ।

अध्यक्ष ओलीका अनुसार बाहिरबाट आएका र गाउँघरमै पनि ज्वरो आउने टाउको दुख्ने वा पखला लाग्ने अथवा फ्लुको लक्षण देखिएमा जो कसैलाई पनि स्वास्थ्य चेकजाँच गर्न गरिने छ । स्वास्थ्य सहायता केन्द्र स्थापनाको पहिलो दिन वडा नम्बर १२ को पुरिनचौरमा १५ जनाको स्वास्थ्य चेकजाँच गरिएको र ति सबैको अबस्था सामान्य रहेको उक्त स्वास्थ्य सहायता केन्द्रकी अहेब यशोदा केसीले जानकारी दिइन ।

स्वास्थ्य सहायता केन्द्र स्थापनाको पहिलो दिन वडा अध्यक्ष प्रेमबहादुर ओली लगायत वडा नम्बर १२ का सबै जनप्रतिनीधिहरु र वडा सचिबको समेत स्वास्थ्य चेकजाँच गरिएको छ ।

Recent Update