December 6, 2020, Sunday
२०७७ मंसिर २१

न्यूजिल्याण्डसँगको सीमा खुला गर्ने अष्ट्रेलियाको तयारी

165

एजेन्सी- अष्ट्रेलियाले न्यूजिल्याण्डतर्फको सीमा खुला गर्ने तयारी गरेको छ ।

कोभिड १९ का कारणले हप्तौँअघि बन्द गरिएका न्यूजिल्याण्डका सीमा केही दिनमै खुला गर्ने अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले जनाए

अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यू साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ ।

सीमा नाका खुला भए न्यूजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरू पनि देशका नागरिकले पनि अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । कोभिड-१९ को संक्रमण नभएको पुष्टि हुने कागजातसहित अष्ट्रेलिया प्रवेश गर्ने उनीहरूले क्वारेन्टिनमा पनि बस्नु नपर्ने कोरम्याकले बताएका छन् ।

Recent Update