November 28, 2020, Saturday
२०७७ मंसिर १३

नेकपा संसदीय दलको बैठकमा प्रदेश ५ को राजधानी र नामका विषयबारे छलफल जारी

162

काठमाडौं–प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्न प्रदेश ५ नेकपा संसदीय दलको बैठक बसिरहेको छ। मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बिहान ८ बजेदेखि सुरु भएको बैठकमा सांसदहरुले आ–आफ्ना धारणा राखिरहेको सांसद इन्द्रजित थारुले बताए।

प्रदेशको नाम र राजधानीका विषयमा एकरुपता ल्याउन नेकपा संसदीय दलले छलफल गरेको हो। यस विषयमा असोज १९ मा बस्ने प्रदेश सभा बैठकमा मतदान हुने भएको छ। नेकपा संसदीय दलले पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्ने बताइएको छ।

प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्ने बताइएको छ। प्रदेश सभामा कूल ८७ सदस्य रहेकोमा नेकपाको २ तिहाई बहुमत छ। प्रदेश सभामा सत्तारुढ दलको मात्रै ६१ सांसद छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १९ जना, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।

Recent Update