November 28, 2020, Saturday
२०७७ मंसिर १३

८ किलो ३ सय ग्राम अ,फिम सहित राेल्पामा पाँच जना पक्राउ

648

आराेपितहरु

जिल्ला प्रहरी कर्यालय रोल्पाले शनिबार साँझ ६ बजे तिर सुनिलस्मृती गाँउपालिका २ खुङग्री स्थित रोल्पा भालुवाङ(दाङ) सडक खण्डमा पाँच जनालाई ला,गुओैषध अ,फिम सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खुङग्रीको चेक पोष्टमा चेकजाच गर्ने क्रममा सुलिचौर बाट दाङ तर्फ जादै गरेको बा १५ च ३७७६ नम्बरको स्कारपियो गाडिमा उक्त संख्याका मानिस र उनीहरूको साथ बाट ८ किलो ३०० ग्राम कालो पदार्थ जस्तो देखिने (अ,फिम ), गाडी सहित प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

प्रवक्ता खड्का अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धान भैरहेको छ ।पक्राउ पर्नेहरुमा रुकुम भुमे गा.पा ४ बस्ने बर्ष ३७ कि ज्योती घर्ती ,साेही बस्ने बर्ष ३० कि निसा पुन,दाङ हारपुर गा.पा ६ रवाना बस्ने बर्ष ४५ कि दिलप्रभा बुढा,सुर्खेत गुरवाकोट न.पा. ९ चिसापानी बस्ने बर्ष ३३ को मोतीलाल परियार,रोल्पा सुनछहारी गा.पा १सेराम घर भई हाल जि.दाङ घोराई उ.म.न.पा.४ राप्तीटोल बस्ने बर्ष ३५ को याम ब. घर्ती मगर ( गाडि चालक ) रहेका छन ।

Recent Update