November 27, 2020, Friday
२०७७ मंसिर १३

सभापति बुद्धि प्रकाश ओली द्वारा झुट प्रचारप्रति गम्भीर आपत्ति ,न्यायको लागि अदालत जाने

327

नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले क्यानडामा जनसम्पर्क समितिलाई जाेडेर विभिन्न भ्रमित प्रचारहरु भएको भन्दै गम्भीर ध्यानाकर्षण सहित विज्ञप्ति प्रकाशित गरेका छन ।म र हाम्रो हालको निर्वाचित संस्था तथा संस्थाका सदस्य हरु समेतको मान मर्दन हुने कार्य तथा नेपाली जनसम्पर्क समिती क्यानाडाको नाम बाट बिभिन्न क्रियाकलाप समेत भईरहेको हामीलाई जानकारी भए संगै नेपाली जनसम्पर्क समितीको तर्फ बाट सो क्रियाक्लाप गर्ने गराउने निरन्जन थापा लाई सचेत रहनका लागी बिज्ञप्ती जारी गरेको थियौ ।

तर निज थापाले थप हर्कतहरु गरेका हुदा विज्ञप्ति मार्फत थप जानकारी दिन अर्को विज्ञप्ति निकाल्नु परेको सभापति ओलीले बताए ।विज्ञप्तिमा भनिएको छ, निज थापाले सो बिषयलाई नै पुनः गलत ढंगले प्रचार गर्ने संस्थाको गरीमामा आँच आउने कार्य गरी नै रहेको र यस संस्थाको सभापति म बुद्धि प्रकाश वली लाई संस्थागत रुपमा तथा मेरो व्यक्तिगत चरित्र हत्या गर्नका लागी बिभिन्न हतकण्डाहरु मच्चाईरहेको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तै विज्ञप्तिमा भनिएको छ, पछिल्लो समय क्यानाडमा बस्ने निरन्जन थापा ले यस संस्था र मेरो व्यक्तिगत प्रतिष्ठामा आँच आउने काम गरेको हुदा यो संग जोडीएका केही यथार्थ तथा प्रमाण हरु यहाँहरु लाई प्रष्ट पार्न चाहान्छु ।साथै निजले चलाएको भ्रममा नपर्न विश्वभर र क्यानडामा बसाेबास गर्ने सबै महानुभावहरुलाई अनुरोध समेत गरिएको छ।

१. निज निरन्जन थापा लाई संस्थाले नेपाली काँग्रेस को क्यानाडाका कृयाशिल सदस्यताबाट को पैसा संकलन गर्ने जिम्मेवारी प्रदान गरेको थियौँ, निजले म लागयात केही सदस्य बाट उठेको रकम क्यानेडियन डलर ४००० (नेपाली रुपैया करिब ३५००००) अपचलन गरेको र निजलाई सोही मिति बाट सो जिम्मेवारी बाट बर्खास्त गरका थियौँ, र सो पैसा फिर्ता गर्नका लागी पटक पटक ताकेता गर्दा पनि नतिरे पछि निज संगबाट सम्मानित क्यानाडाको अदालत मा केस नं एस.सी. १९–३६१४–०० मिती १७ जुन २०१९ मा मुद्धा हाले पछि २००० डलर फिर्ता गरेको अरु फिर्ता दिने शर्तगर्दा पनि नदिएको कुरा जानकारी गराउन चाहन्छु । निजले सोही पैसा फिर्ता नगर्ने बाहना का लागी यो हर्कत गरेको पनि जानकारी गराउन चाहन्छु । भने हामी ले नेपाली काँग्रेस लाई बुझाउनु पर्ने पैसा व्यक्तिगत रुपमा हालेर दिएको कुरा जानकारी गराउन चाहन्छु ।

२. निजले समाजलाई दिकभ्रमित पार्नका लागी एन.पी.आर.सी. का पुर्व अध्यक्ष अन्जनी राज भट्टराई को अध्यक्षतामा भएको भनि विभीन्न संचार माध्यममा प्रेसित गरेको र सामाजिक संजालमा पनि राखेको हुदा निज अन्जनि भट्टराई ज्यु ले आफु हेल्पिङ हेन्ड जस्तो पवित्र सामाजिक संस्था को अध्यक्ष रहेकाले कुनै यस्ता गतिबिधी मा संल्गन हुन नमिल्ने भन्दै आफ्नो संलग्नता नभएको जानकारी गराउनु भएको छ । सो पत्र यसै साथ संल्गन छ ।

३. निजले एन.पी.आर.सी. को समेत संलगन रहेको भनेर लोगो तथा न्युजहरु प्रेशित गरेको एन.पी.आर.सी. का महामन्त्री द्धारा सो गतिबिधीमा आफ्नो संस्था संल्गन नरहेको र आइन्दा यस्ता क्रियाक्लाप नगर्न चेतावनी दिनुभएको जानकारी गराउन चाहन्छु ।

४. निजको निलम्बन सम्बन्धमा निजको राजिनामा स्विकृत गरेपश्चात संस्थालाई मिलाएर लैजाने हेतु ले सबैलाई कार्यसमितिमा फर्कनका लागी पत्राचार गरको कुरा सत्य हो तर निजले यस किसिमको हाम्रो प्रस्ताब लाई अस्विकार गर्दै संस्थाको रकम पनि नदिने र संस्थाको हित बिपरित कार्य गर्दे आएको र नेपाली जनसम्पर्क समिती क्यानाडाको नाममा विभिन्न गतिबिधीहरु संचालन गर्ने गराउने गरको हुदा संस्थाको अनुशासन समितिले मिति २०२० जुन ३० गते मंगलबार संस्थाको साधारण सदस्य पनि नरहने गरी निलम्बन गरको व्यहोरा जानकारी गराउन चाहन्छु ।

अन्तमा मलाई मेरो व्यक्तिगत चरीत्रमा आँच आउने गरी र खास त धर्म बेचुवा भनेर मेरो धार्मिक मान्यता तथा सामाजिक र राजनितिक जीवनलाई समेत प्रहार गर्न आफ्नो आमा पार्वती थापा लाई समेत प्रयोग गरी मेरो धर्म प्रतीको आस्थामा प्रहार गर्दै आइरहेको हुदा सो को सम्पूर्ण नैतिक र कानुनी जिम्मा निज निरन्जन थापाले नै लिनु पर्ने छ र सो को प्रमाण पनि अदालतको सोही केशमा पेश गर्ने पनि जानकारी गराउन चाहन्छु विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Recent Update