December 1, 2020, Tuesday
२०७७ मंसिर १६

जनता उ अलमलमा छ

309

रामशरण देउजा

उ अलमलमा छ
उ रनभुल्लमा छ
किनकी
उ जनता पर्यो ।

न पक्ष पर्यो न प्रतिपक्ष
पक्ष भन्छ मैले
प्रतिपक्ष भन्छ होईन उस्ले
उसका पक्ष उसै सँग
तिनका पक्ष तिनै सँग ।

उसका भन्छन हाम्राले गर्या
तिनकाले भन्छन होईन तिम्राले गर्या
कोहि भन्छन खरिद गर्या किन्या
कोहि दानदान्तब्यमा मिल्या।

जनता बबुरो उ
त्यसैले त अलमल पर्या
उ अलमलमा छ
उ रनभुल्लमा छ
किनकी
उ जनता पर्यो
न पक्ष पर्यो न प्रतिपक्ष ।

९० बर्ष अघि नै चलेको रेल रे
११ बर्ष पछि पुनः गुड्न लागेको अरे
गुडने पनि कहिले हो पत्ता खबर नभएको
अहो भाग्य म जनताको ।

त्यही त्यस्तै नगरुन
भनेर जनताले नेता बनाको
पैसा कमाउन आफ्ना बनाउन
होईन तिमिलाइ भोटले जिताको।

यो २१औ शदिमा
चन्द्रमा बस्न लाएक बनाउदै छन
तिमिहरु जस्तै पक्ष र प्रतिपक्ष
यति जाबो ३५ किमि रेल
त्यो पनि अधुरो अपुरो
मैले र तैले बेकारको खेल ।

उ अलमलमा छ
उ रनभुल्लमा छ
किनकी
उ जनता पर्यो
न पक्ष पर्यो न प्रतिपक्ष ।

रामशरण देउजा, नेपाल निर्माण व्यवसायी महासंघका पुर्व महासचिव हुन ।

Recent Update