November 25, 2020, Wednesday
२०७७ मंसिर ११

घर बसेरै विद्युतीय माध्यमबाट बसकाे टिकट खरिद गर्न सकिने

180

काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट काउन्टरमै पुगेर लिनुपर्ने बाध्यता अन्त्य गर्दै विद्युतीय माध्यमबाट बुक गर्न मिल्ने सफ्टवेयर बनाएको छ ।

सफ्टवेयर निर्माणको काम सकिएको र असोजभित्रै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सफ्टवेयर निर्माणको काम सकिएको छ । अब सबै यातायात कम्पनीलाई सफ्टवेयरसँग जोडेर टिकटमा डिजिटल प्रणाली सुरु गर्दै छौं,’ उनले भने । हाल सार्वजनिक यातायातको टिकटका लागि काउन्टरमै पुग्नुपर्ने अवस्था छ । दसैं–तिहारजस्तो यात्रुको चाप बढी हुने समयमा कृत्रिम टिकट अभाव गरी ठगी हुने गरेको छ । अनलाइन टिकटिङ प्रणाली लागू भएपछि यात्रुले यस्ता समस्या भोग्नु नपर्ने हमालले दाबी गरे ।

यसका लागि यातायात कम्पनीहरुले नै विभिन्न डिजिटल एपमा आबद्ध भएर अनलाइन टिकटको व्यवस्था गर्नुपर्नेछ । ती कम्पनीलाई सफ्टवेयरसँग जोडेर विभागले नियामकको रुपमा काम गर्नेछ । विभागले अनलाइन टिकटिङलाई व्यवस्थापन गर्न अनलाइन टिकट निर्देशिका पनि बनाएको छ । आर्थिक अभियान दैनिक

Recent Update