September 19, 2021, Sunday
२०७८ आश्विन ३

बिरगंज मा बसेका ३ भारतीय धर्मगुरुमा काेराेना संक्रमण पुष्टि,१२ पुग्यो संख्या

433

थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका  तिनैजना भारतीय नागरिक हुन् ।उनिहरु धर्म गुरु समेत रहेको बुझिएको छ 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडामा उनीहरुको रिर्पोट अस्पष्ट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।

३ जना थपिएसँगै नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या १२ पुगेको छ । १ जना उपचार पछि घर फर्किसकेका छन भने ११ जनाकाे उपचार भैरहेको छ ।