October 29, 2020, Thursday
२०७७ कार्तिक १३

प्रिय २०७६ साल तिमिलाई खुलेर विदाइ गर्न नपाउदा..

1.5K

प्रिय २०७६ साल आज तिमी हामी बाट केही समयमा विदा हुँदै छाै । तिम्रो विदाइ सगै नयाँ साल २०७७ हामी माझ आउदै छिन ।२०७७ सगकाे नयाँ संगतकाे सुरुवात र तिमी सगकाे १ बर्षकाे समिक्षाकाे अन्तिम क्षणमा हामी छाै।एक बर्ष भरि तिमी सग विताएका क्षणहरु नँया सम्बन्ध भन्दा बढि महत्त्वपूर्ण छन । २०७६ साल तिमी कतिका लागि अभिसाप भयौं हाेला कतिका लागि फलिफाप भयौं हाेला ।

समग्रमा तिमी हाम्रा लागि फलिफाप नै भयौं ।किन भने जति बाँचेका छाै त्यतिले तिम्रो विदाइ हर्षउल्लासपुर्वक गर्न नपाए पनि तिम्रो विदाइकाे क्षण अनुभुती त गर्न पाएका छाै ।याे अवसर २०७६ सालमा निधन भएकाहरुले गुमाउन भयो ।त्यसै सबैभन्दा ठुलो कुरा जिउनु रहेछ जति आज बाँचेका छाै तिनका लागि तिमी फलिफाप नै हाै ।मेरो लागि पनि फलिफाप नै भयाै ।

अरु सुख,दुख र पिडाकाे गहिराइमा म गइन ।मैले त १ बर्षकाे विचमा जति सघर्ष,दुखहरु पचाएर भए पनि तिम्रो विदाई र नयाँ सालकाे स्वागतकाे स्वर्णिम अवसर त पाएकाे छु नि । तर पनि मन कता कता असाध्यै अमिलाे भएको छ ।यस्तो मनमाेहक बसन्त ऋतु , नयाँ उमंग, कोइलीको आवाज, शिरशिर बतास,नयाँ पालुवा हरिया डाडापाखा, चराचुरुङ्गीको आवाज यी सबै खुसिहरु बाट हामी मानिसहरु टाढा छाै । तिम्रो विदाइ खुलेर ढुक्क साथ गर्न पाइएकाे छैन ।कस्तो माेडमा आएर आज तिम्रो यस्तो विदाई र नयाँ सालकाे स्वागत हुदै छ ।हामी बाँचेकाहरु थप पिडामा छाै ।

तिम्रो विदाई र नयाँ सालकाे स्वागत भन्नू भन्दा लकडाउन को पालना गरौ, stay home stya safe stay health भन्ने नारा महत्त्वपूर्ण छ । याे हाम्रो बाध्यता छ ।हामीले याे महत्त्वलाई बेवास्ता गरे हामी नै नरहने सम्भावना छ ।अाज हामी नेपाली मात्रै हाेइन विश्वभरका मानिसहरु घरभित्रै बाट आफ्ना सुख दुखहरु विताइरहेका छन ।बाहिर संसार सगकाे स्पर्श नभएको झण्डै तीन हप्ता पुग्न थाल्यो ।तिमी अभागी रहेछाै २०७६ तिम्रो कार्यकालमा सारा विश्व त्रसित भयो ।तिम्रो विदाइ अत्यन्तै दुखत भयो ।

तिम्रै पालामा याे मानव जगतलाई चुनाैति दिने काेराेना भाइरसकाे आगाे सल्कियाे ।यसलाई निभाउन विश्वभरका दमकल,चाइना ,अमेरिका जस्ता शक्तिशाली राष्ट्रका सेनाहरु आजको मिति सम्म सफल भएका छैनन । सारा विश्वलाई तनाव छ । विश्वका कयौं धनाड्या लक्जरि वाला मान्छे पनि भोक भोकै छट्पटी गरिरहेका छन ।धन,पैसा सडकमै फालेर मान्छेहरु गन्तव्य हिन यात्रामा कुदिरहेका छन । तिम्रो विदाइ र तिमी जस्तैकाे स्वागतकाे महत्त्व नेपालमा मात्रै भए पनि यसको असर विश्वभर नै छ ।नेपालीहरु पनि काेहि खान नपाए र काेहि उपचार नपाएर छट्पटीमा छन ।


तर तिमिले धेरै कुरा नेपालीलाई सिकाएर विदाइ हुँदै छाै भन्ने मेरो अपेक्षा छ । तुच्छ व्यबहार, लुट्ने ठग्ने छलकपट गर्ने अनैतिकता, रिस डाहा,धनकाे घमण्ड,थिचोमिचो, जस्ता कामहरु अवस्था सुधार भए पछि नेपालीले सिक्ने छन भन्ने अपेक्षा छ ।धेरै दिन घरमै बस्दा कतिकाे कुलत छुटेको हाेला,कतिको घमण्ड फुटेको हाेला,कतिका सपना फुटेका हाेलान ।तर सबैभन्दा प्रिय चिज बाच्नु रहेछ भन्ने साेच सबैकाे मनमा पक्कै आएकाे हाेला ।केही हाेइन धन केही हाेइन घमण्ड केही रहेनछ सम्पत्ति यस्ता कुरा सबैकाे मनमा खेलेका हाेलान ।

तिमिले निम्तो दिएको याे महासंकट २०७७ सालले समाधान गर्ने छिन ।त्यतिबेला मानिसहरु धेरै सुध्रने छन ।मेरो पुर्ण आशा छ ।तिम्रो विदाइ आज बाहिरी संसार नदेखेर एउटा बन्द काेठा बाट मनमनै गरिरहेकाे छु ।बाइ बाइ २०७६ तिमिलाइ…………

मधुमाला दाङ तुलसीपुर

Recent Update