March 1, 2021, Monday
२०७७ फाल्गुन १७

एनसेलले बुझायो १४ अर्ब ३३ करोड पुँजीगत लाभकर

127

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत सरकारलाइ तिर्नुपर्ने पुँजीगत लाभकर तिरेकाे छ । उसले तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर आइतबार बुझाएको हाे ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।

यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।बेला बेला एनसेलकाे यही बिषयमा बिराेधहरू हुदै आएका थिए ।