December 1, 2020, Tuesday
२०७७ मंसिर १६

डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

153

काठमाडौं- डा गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी छ। सरकार डा केसीको माग र जीवनरक्षाप्रति उदासिन देखिएको भन्दै प्रदर्शन आयोजना गरिएको हो।

माइतीघरमा जारी प्रदर्शनमा ‘माफियाको समाजवाद, यती ‌ओम्नी मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘डा केसीको जीवन रक्षा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै?’, ‘लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाइएका छन्।

सरकार र डा केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो। बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाइ छ।

केसी पक्षका वार्ता टोली संयोजक जीवन क्षेत्रीले वार्ता प्रक्रिया लम्ब्याएर डा केसीको ज्यानै लिने नियत उदांगो भएको बताएका छन्।

उनले डा केसीको पक्षमा प्रदर्शन गर्न पनि आह्वान गरेका छन्।

Recent Update