November 27, 2020, Friday
२०७७ मंसिर १३

नेविसंघको सानीभेरी गाउँपालि प्रथम अधिबेशन सम्पन्न

477

मनाेज डाँगी /रुकुम पश्चिम

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । हेमराज केसि संयाेजक रहेको गाउँपालिकाको ४३ सदस्यीय समिति बनेको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र नेपाली काग्रेस रुकुम पश्चिमले उक्त अधिवेशनलाई मान्यता दिएको हाे ।

कार्यक्रममा नेपाली काँग्रेस सानोभेरि गाउँपालिका पाटी सभापति कर्ण बहादुर डाँगीको प्रमुख आथित्यता रहेको थियो भने निवर्तमान नेबिस केन्द्रिय सदस्य तारक प्रतिभा केसि र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष लाल बहादुर ओली बिशेष आतिथ्यता रहेको थियो ।यस्तै गाउँपालिका पाटी सचीव इन्द्र बहादुर खड्का नेबिस नेता नेता तिलक डाँगी नेबिस नेता भिम बहादुर खड्का सानोभेरि गाउँपालिका वडा न १० पाटी सभापति नर बहादुर खडका वडा न ११ पाटी सभापति तुलसिराम बुढाथोकी, नेबिस नेता यज्ञ परियार, नेबिस नेता बिर बहादुर खड्का, लगायत नेपाली काग्रेस र नेबिस जिल्ला सदस्यहरुको अतिथी रहेको थियो ।

यस्तै जिल्लाका नेबिस विद्यार्थी नेता र सानोभेरि गाउँपालिका विद्यार्थीहरुको नेताहरुको पनि उपस्थिति रहेको थियो। गाउँपालिका नेबिस संयाेजक हेमराज केसि अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेबिसघ नेता राम बहादुर खड्काले गरेका थिए ।

Recent Update