November 29, 2020, Sunday
२०७७ मंसिर १४

मैले बुझेको सकारात्मकवाद र नकारात्मकवाद

588

सुरसा खड्का

दिगो बिकास र समाज बिकासको औजार भनेको सकारात्मकताबाद हो । जसले जब कुनै कार्यको थालनि गर्दा मुख्य भूमिका खेल्दछ ।नकारात्मक पक्षले नकारात्मक भूमिका खेल्दछ | सकारात्मक र नकारात्मक एउटै रथका दुई पांग्रा हुन् । यहाँ सकारात्मक बादकाे को जति महत्त्व छ, त्यति महत्त्व नकारात्मक बादको पनि छ । विकास निर्माण र प्रगतिमा नकारात्मक वाद र सकारात्मक वाद नभै नहुने पक्ष हुन ।

हामीले जति सकारात्मकताबाद बाट सिक्न सक्छौ त्यति कुरा नकारात्मकताबाद बाट पनि सिक्न सक्छौ । विश्वका प्रख्यात व्यक्ति यसियाको तारा गाैतम बुद्ध , विश्वका तारा जिसस क्राइष्ट बाट पनि हामि धेरै कुरा सिक्न सक्छौ, जसले हामीलाई जिबनमा सकारात्मकताको औषधि दिन प्रेरित गर्छन।जंगबहादुर राना ,हिटलर जस्ता व्यक्तिबाट नकारात्मक कुरा हरु थाहा पाउन सक्छौ ।

सर्बाधिक मन पराउने शब्द सकारात्मक र कसैले मन नपराउने शब्द नकारात्मक हो । यी दुवै महत्त्वपूर्ण छन, मान्छेले जुन कुरा सकारात्मक बाट सिक्न सक्छ त्यो कुरा नकारात्मक बाट पनि सिक्न सकिदैन।

भानिन्छ, नि बुद्ध र हिटलर बाट सिक्ने कुरा फरक फरक छन् । तर दुवै बाट सिक्ने कूरा उतिकै महत्त्वपूर्ण छन । भलै नतिजा फरक हुन सक्ला । त्यसकारण सकारात्मक पक्षले सिकाउने कुरा जुन सकारात्मक नतिजा , सकारात्मक approach, सकारात्मक पथ ,सकारात्मक prospective कुरा आदि सिक्न सकिन्छ ।

नकारात्मक पक्षले सिकाउने कुरा अर्कै छ जुन नकारात्मक पक्ष , नकारात्मक approach,के गर्दा नकारात्मक भइन्छ आदि सिक्न सकिन्छ । मानब जीवनलाई सार्थक तुल्याउन, मानब जिबनलाई असल मार्गदर्शनमा हिडाउन, उच्च विचार बनाउन सकारात्मकबाद आवश्यक छ ।

नकारात्मक र सकारात्मक एउतै सिक्का का दुई पाटा हुन् | किनकि सकारात्मक यतिकै सकारात्मक छ । सकारात्मक जसरि शक्ति हो र शक्तिको श्रोत हो ,सकारात्मक सम्पूर्ण कार्यको बिकाश हो । त्यस्तै हो नकरात्मक कुरो पनि ।प्रयोग जानियो र सकारात्मक तरिकाले हेरियो भने जुन कुरो पनि सकारात्मक देखिन्छ । यदि प्रयोग नै गलत छ भने सकारात्मक नि नकारात्मक बनिदिन्छ । यो देश बिकासका कुरा सग , समाजका उदाहरनिय कार्यसग सम्बन्धित हुन्छ ।

उदाहरणका लागि कुनै कुरालाई कति नराम्रो भनियो भने त्यो कुरो राम्रो भए पनि नराम्रो नै देखिन्छ । कुनै कुरालाई राम्रो या त नराम्रो भन्नु मान्छेको पहिलो हेराई नै सकारात्मक र नकरात्मकको राम्रो उदाहरण हो । नकारात्मक बाट धेरै कुराहरु सकारात्मकमा बदल्न सक्नु नै मान्छेको मुख्य गुण हो । कुनै कार्य राम्रो र उत्कृष्ट बन्नको लागि नकारात्मक बन्न जरुरत छ ।

यदि त्यस्तो नहुदो होत सकारात्मक भन्ने चिज नै जन्मने थिइन होला | सकारात्मकताबाद यस्तो शब्द हो जसरि हाँसो ले मानब मुहार बाट हिउँद भगाए जसरि, मानब जीवनका उत्कृष्ट कार्य गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ र मानब जीवनका बेखुसिहरु हटाईदिन्छ ।

अन्त्यमा सकारात्मकता मानब जिबनको way of success हो । यसलाई हामीले आत्मासाथ गरेर हिड्न सक्यौ भने पक्कै पनि मानब जिबन सफल भएर जिउनु को सार्थकता हुन्छ ।अन्यथा सकारात्मक सोच बिनाको मान्छे लगाम बिनाको घोडा हो । यदि नकारात्मकता नहुदो होत सकारात्मक भन्ने शब्द को जन्म नै हुने थिएन होला ।

कस्तो कार्य गरेपछि अरुको राम्रो र नराम्रो बनिन्छ भन्ने राम्रो काम, कुराको लागि गौतम बुद्ध ,जिसस क्राईष्ट बाट र नराम्रो काम कुरोको लागि हामीले हिटलर जंगबहादुर बाट सिक्न सक्छौ । नेपालमा मानिसले राना शासन फर्केर कहिले नाओस भन्ने सोच्छन भने रुसीहरुले हिटलरको नाम समेत पनी उच्चारण नगर्ने अठोट लिन्छन् , किनकि अन्यायले पराकाष्ट नाघेपछि के गर्नु ?

त्यसकारण पनि सकारात्मक र नकारत्मक भन्ने कुरा यहिनेर जन्मिएको हो । राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्ने यहि दुई कुराबाट आउछ । नकारात्मक कुरा बाट सकारात्मकता लाई जन्माउन सकिन्छ । त्यसकारण सकारात्मक सोचलाई सदैब आत्मसाथ गरौ।

Recent Update