November 28, 2020, Saturday
२०७७ मंसिर १३

उपत्यकामा थपिए २२८३ जना कोरोना संक्रमित

126

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना रहेका छन् ।

आइतबार काठमाण्डु उपत्यकामा १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना रहेका थिए ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ४४ हजार ३ सय ६८पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए

Recent Update