November 28, 2020, Saturday
२०७७ मंसिर १३

रुकुममा डोजरले किचेर एक जनाको मृत्यु

3.4K

मनाेज डागि / रुकुम पश्चिम

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा डोजरले किचेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ९ मलेगेनी खोला नजिकै सडक खन्ने क्रममा डोजर पल्टीएर किच्दा स्थानिय ३७ वर्षीय दिपेन्द्र ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी हरि ओलीले जानकारी दिए।

सुचना अधिकारी ओलीका अनुसार गएराती ११ बजेर ४० मिनेटमा ओलीको घर नजिकै बाटो खनिरेहेको डोजर पल्टीदा ४० फिट तल गएको थियोे त्यही डोजरले किच्दा ओलीको मृत्यु भएको हो । डोजरले फालेको बाँसहरु मिलाउने क्रममा डोजरले किच्दा ओलीको मृत्यु भएको बताइएको छ ।

उक्त डाेजर नवीन कृष्ण कन्ट्रक्ससन प्रालीका सञ्चालक तेज बहादुर बोहराको रा १ क ११३७ नम्बरको डोजर रहेको छ ।उक्त डोजर अहिले ठेकेदार कमल बुढा मार्फत सञ्चालन भैरहेको प्रहरीले जनाएको छ । डोजर चालक अहिले फरार रहेका छन् ।
मृतक ओलीका आफन्तहरुल अहिले आन्दाेलन गरिरहेका छन् ।

Recent Update