December 1, 2020, Tuesday
२०७७ मंसिर १६

सैनिक ब्यारेक भित्रै जुवा अड्डा रहेको खुलासा

129

नवलपुर– जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातास बिरुद्धको अभियान तीब्र बनाइरहेका बेला जिल्लाकै सैनिक ब्यारेक भित्रै जुवा अड्डा रहेको खुलासा भएको छ ।

कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गण अन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) ब्यारेकभित्रै जुवा अड्डा रहेको खुलासा भएको हो ।

दशैं, तिहार तथा छठ पर्वको सम्मुखमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा अभियान तीब्र पारिरहेका बेला सेनाकै ब्यारेकभित्र जुवा अड्डा फेला परेपछि ब्यारेकभित्रै छानबिन थालिएको एक सैनिक अधिकारीले बताए ।

केही दिनयता प्रहरीले जुवा खेलिरहेका सर्वसाधारणलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही चलाएको छ ।

सदरमुकाम कावासोतीका विभन्न होटल तथा घरहरुमा नियमित जुवा खेलाउने अड्डा रहेको सूचना पाएपछि प्रहरीले खोजबिन थालेको हो ।

Recent Update