December 1, 2020, Tuesday
२०७७ मंसिर १६

काँग्रेस रुकुमकाे काेराेना भाइरस संक्रमण सुचना संयाेजकमा तारक केसी

1.1K

नेपाली काँग्रेस केन्द्रले रुकुम पश्चिमकाे काेराेना भाइरस (काेभिड -१९) संक्रमण सुचना संयाेजकमा नेविसंघ नेता तारक प्रतिभा केसीलाई मनाेनयन गरेको छ ।

नेपाली काँग्रेस काेराेना भाइरल (काेभिड -१९) अनुगमन समितिकाे गत भदौ ८ गते बसेकाे बैठककाे निर्णय अनुसार काेभिड -१९ ले विभिन्न जिल्लामा पारेको प्रभाव र वस्तुस्थितिकाे सम्बन्धमा अनुगमन समितिलाई नियमित रुपमा सुचना र जानकारी दिन उक्त जिम्मेवारी दिइएको बताएको छ ।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका केसीलाई नेपाली काँग्रेसका सह-महामन्त्री तथा नेपाली काँग्रेस द्वारा गठित काेभिड १९- अनुगमन समितिका संयाेजक संयाेजक डाक्टर प्रकाशशरण महतले मनाेनयन गरेका हुन । जिल्लामा काेराेना भाइरस संक्रमितको अवस्था ,क्वारेन्टाइनकाे अवस्था ,चिकित्सककाे अवस्था आदि विषयमा जानकारी लिई केन्द्रमा नियमित रिपोर्टिङ गर्नुपर्ने जिम्मेवारी केसीलाई दिइएको छ ।

Recent Update