November 28, 2020, Saturday
२०७७ मंसिर १४

रुकुम पूर्वमा प्रत्यक्ष साक्षात्कार प्रणाली बाट पढाउने तयारी

294

मदन बिसी/ रुकुम पुर्व, रुकुम पुर्वको सिस्ने गाउँपालिकामा प्रधानाध्यापकहरु र जनप्रतिनिधिको बैठकसम्पन्न भएको छ । गाउँपालिमा गत वर्षको चैत्र देखि बन्द रहेका सामुदायिक विद्यालय खुलाउने विषयमा टुंगोमा पुग्न प्रअहरुको बैठक बोलाइएको थियो ।

गाउँपलिकाको कार्यालय रुकुमकोटमा बसेको प्रअ र जनप्रतिनिधि विचको बैठकले शैक्षिक सत्र खेर जान नदिन विद्यार्थी सिकाइ निर्देशिका २०७७ अनुसार वैकल्पिक विधि प्रत्यक्ष साक्षात्कार मार्फत विद्यालयमा केहि विद्यार्थी राखेर शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय भएको रुक्मिणी माविका सहायक प्रधानाध्यापक चन्द्रबहादुर मल्लले बताउनुभएको छ ।उहाँका अनुसार उक्त विधि मार्फत पठनपाठन सञ्चालन गर्दा एउटा कक्षामा २५ जना भन्दा बढि विद्यार्थी नराख्ने र सवै विद्यालयमा स्वास्थ्य सामाग्रीको व्यवस्था गरी शिक्षण सिकाइ सहर्जिकरण गर्ने निर्णय भएको छ ।

यस्तै अहिले आइसोलेसन रहेको रुक्मिणी मावि र क्वारेन्टाइन रहेको कोट मावि रुमालबारामा शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गर्न तिनआइसोलेसन र क्वारेन्टाइन जति सक्दो छिटो हटाउन जिल्ला संकट व्यवस्थापन समिति समक्ष सहर्जीकरण गर्ने निर्णय समेत गरिएको मल्लले बताउनुभएको छ ।

Recent Update