December 4, 2020, Friday
२०७७ मंसिर २०

टिभिएस अपाचेको विश्व बजारमा आक्रमक व्यापार 

969

टिभिएस मोटर्स कम्पनीको उत्पादन अपाचे सिरिजले विश्व बजारमा ४० लाख यूनिट बिक्री गरेको छ । कम्पनीले सन् २००५ बाट अपाचे सिरिज उत्पादन सुरु गरेको थियो । उत्पादनको १५ वर्षमा नयाँ बेन्चमार्क भेट्टाउन सफल भएको कम्पनीले जनाएको छ ।   नेपालमा पनि जगदम्बा मोटर्सले टिभिएस अपाचे आधिकारीक रुपमा बिक्री वितरण गर्दै आएको छ ।

विश्व बजारमा ४० लाख यूनिट बिक्री पूरा गरेकोमा नेपाली ग्राहकलाई पनि विशेष धन्यवाद दिँदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भोलिका दिनमा नेपालमा नै एसेम्बल गरेर ग्राहकको आवश्यकता र चाहना पूरा गर्ने बाटोमा रहेको बताए । 

 ४० लाख यूनिट बिक्री पूरा गरेको खुसीमा कम्पनीले नेपालमा आरटीआर १६० फोर भि को ३ नयाँ भेरियन्टसमेत सार्वजनिक गरेको थियो । भारत वेस कम्पनी टिभिएसले ९५७ फिट लामो फ्ल्याग फहराएर ४० लाख यूनिट बिक्रीको खुसीयाली मनाएको छ ।

नेपालमा अहिले अपाचे सिरिजमा आरटीआर १६० टुभी, १६० फोर भी, २०० फोर भी र आरआर ३१० का विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आएको छ ।hightspeednepal

Recent Update