December 1, 2020, Tuesday
२०७७ मंसिर १६

परीक्षा समयमा विद्युत कटौती नगर्न नेविसंघकाे चेतावनी

591

खेम साउद /सुदूर पश्चिम

नेपाल विद्युत प्राधिकरण अतरियाले २०७७-०६-२६ गते एक सुचना जारी गरि २०७७-०६-२७ देखि ०७-०१ सम्म ट्रान्सर्फमर परिवर्तन गर्नुपर्ने र कञ्चनपुर का सबै जसो स्थानीयतह हरु मा विद्युत आपूर्ति बन्द रहने सुचना प्रति नेविसंघ सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले आपति जनाएको छ ।

नेविसंघ सुदुर पश्चिमाञ्चल विश्वविद्यालय का नेता तथा नेबि संघ बैतडी का जिल्ला सदस्य रमेश महता को नेतृत्वमा महेन्द्रनगर विद्युत कार्यालय प्रमुख मनोज कुमार शर्मा लाई उहाँ कै कार्यकक्षमा भटेर परिक्षा को समयमा विद्युत आपूर्ति रोकिने सुचना प्रति गम्भीर ध्यानाकर्षण भएको र विश्वविद्यालय मा चलिरहेका अनलाइन परीक्षा मा कुनै किसिम को रोकावट आए सह्य नहुने र आन्दोलन मा जाने नेता रमेश मेहता ले बताए ।

विद्यार्थी को भबिस्य संग कुनै किसिमको सम्झौता गर्न नसकिने , यस्तो अवस्था आए स्थिति समान्य नहुने नेविसंघ नेता गंगा भट्ट ले बताए । नेविसंघ नेता नागेश पन्त ले विद्यार्थी हरुलाई असहज हुने गरि विद्युत कटौती गरे कार्यकक्ष मै आएर अनसन बस्ने चेतावनी दिएका छन । जवाफमा प्रमुख शर्माले आफू परीक्षा को बारे संवेदनशील रहेको र परीक्षा समयमा विद्युत आपूर्ति बन्द नगर्ने बताए । नेविसंघ नेताहरु दिनेशराज भट्ट प्रेम रावल, बिरु बोहरा लगायत को उपस्थिति थियोे ।

Recent Update