November 23, 2020, Monday
२०७७ मंसिर ९

रुकुमको एक विद्यालयकाे जग्गा व्यक्तिको नाममा ,अदालतकाे फैसला मालपोतले टेरेन

2.4K

मनाेज डाँगी /रुकुम पश्चिम / रुकुमको एउटा विद्यालयकाे जग्गा व्यक्तिको नाममा भएपछि लफडा सुरु भएको छ । साविकको खारा गाविस वडा नम्बर ९ र हालको त्रिवेणी गाउँपालिका ५ मा रहेको नमुना आधारभूत विद्यालयकाे जग्गाकाे लालपुर्जा व्यक्तिको नाममा र विद्यालयकाे नाममा देखिएपछि समस्या भएको हाे ।

जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमकाे लापरबाहीले यस्तो अवस्था सृजना भएको विद्यालय स्रोतले बताएको छ । बिद्यालयले २०६६ साल जेठ १३ गते उक्त जग्गा चार लाखमा खरिद गरेको थियोे । तर उक्त जग्गा स्थानीय एक व्यक्तिले सुरुकाे जग्गा धनीलाई झुक्याएर आफ्नो नाममा पास गरेका थिए ।तर पछि अदालतमा मुद्दा परेपछि अदालतले सुरुमा जाे जग्गा धनी हाे उसकै नाममा कायम हुने फैसला गरेको थियो ।

उक्त जग्गा किता नम्बर १४६६ स्थानीय नाैलि कमेनिकाे बुहारीकाे थियो ।निज बुहारी बाट विद्यालयले खरिद गरेको थियोे । तर त्यहि बिचमा स्थानीय टेके सुनार नाैलिकाे आफन्त भएकोले सासुलाई झुक्याएर आफ्नो नाममा बनाएका थिए ।बेचिसकेकाे जग्गा टेकेले आफ्नो बनाएपछि नाैलि कमेनिले अदालत बाट मुद्दा लडेर फिर्ता लिएकि थिइन ।अदालतले जग्गा विद्यालयकाे नाममा कायम गर्नु भनेर जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमलाई समेत जानकारी गराएको थियोे ।तर जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमले अदालतकाे निर्णय कार्यनयन नगर्दा जग्गा व्यक्ति कै नाममा रहेको छ ।

अदालतले फैसला गरेपछि मालपोतले लगत कट्टा गर्नुपर्ने मा नगरेकाे कारणले दुवै व्यक्तिकाे नाममा रहेको विद्यालय व्यवस्थापन समितिले बताउछ ।

अझ राेचक पक्ष त के छ भने टेके सुनार हुदै छाेरा कर्णे सुनारले पनि उक्त जग्गा अर्कै व्यक्तिलाई बिक्री गरिसकेको भन्ने छ ।समयमै मालपोतले लगत कट्टा नगरेपछि अदालतकाे फैसला अवज्ञा समेत भएको छ ।

विद्यालय व्यवस्थापन समिति पटकपटक जग्गा विद्यालयकाे नाममा बनाउन मालपोत धाएकाे थियोे ।हुन्छ हुन्छ भन्दा भन्दै काम भएन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बताउछन् ।यस बिषयमा थप बुझ्न जिल्ला मालपोत कार्यालय रुकुम पश्चिममा बुझ्न खाेज्दा सम्पर्क हुन सकेन ।

Recent Update