December 1, 2020, Tuesday
२०७७ मंसिर १६

सिस्ने गाउँपालिका पूर्ण खोप सुनिश्चित घाेषणा

282

मदन बिसी /रुकुम पुर्व

रुकुम पुर्वको सिस्ने गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । गाउँपालिका भित्रका सबै वडाका सबै बस्तीका बालबालिकाले नियमित खोप पाएपछि आज सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य एवम पुर्व मन्त्रि कमला रोकाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेकि हुन । गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालयको सक्रियता र सरकारको लक्ष्य तथा लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएकोमा प्रतिनिधिसभाका सदस्य रोकाले सबैलाई धन्यवाद दिइन ।

अहिले सबै बालबालिकाले नियमित खोप पाएकोले अबका दिनमा पनि बसै बस्तीका बालबालिकाका अभिभावकले पनि आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य संस्थामा लैजाउनुपर्ने रोकाले बताइन।

स्वास्थ्य कार्यालय रुकुमपूर्व र सिस्ने गाउँपालिकाको समन्वयमा आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन ।

यसैगरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा रहेका सम्पूर्ण बालबालिका शून्य देखि १५ महिना सम्मका बालबालिका पाँच सय २१ जना र १६ देखि २३ महिनासम्मका दुई सय ९२ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएकोले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताए । गाउँपालिकामा रहेका पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई अहिले नियमित खोप लगाइ राखिएको यादवले जानकारी दिए।

कार्यक्रममा सांसद रोका, गाउँपालिकाका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी राजकुमार राई, गाउँपालिकाका उपाध्यक्ष गोवद्र्धन बुढा, गाउँपालिकाका प्रवक्ता जीवन केसी लगायत जिल्ला स्थित अस्पतालका डक्टर र विभिन्न कार्यालयका प्रमुख एवंम प्रतिनिधि र सुरक्षा निकायका प्रमुख एवंम प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Recent Update