November 23, 2020, Monday
२०७७ मंसिर ९

रुकुम पुर्वमा अरिङ्गाल पाेल्न गएका एक जनाको रुख बाट लडेर निधन

5.8K

मदन बिसी /रुकुम पुर्व

रुकुम पुर्वमा अरिङ्गाल पाेल्न उत्तिसकाे रुख चढेका एक जनाकाे रुख बाट खसेर ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा निवासी २७ वर्षिय जनक बुढाथोकीको उत्तिसको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपि गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

बिहिवार साँझ घर नजिकैको उत्तिसको रुखमा रहेको अरिङ्गाल पोल्न भनि परिवार सहित गएका बुढाथोकी साझ करिव ७ बजेतिर रुखबाट खसेर गम्भिर घाइते भएका थिए । अरिङ्गाल पोल्न भनि रुखमा चढेका बुढाथोकी रुखको हाङ्गा भाँचिएर जमिनमा खसेको प्रहरीले जनाएको छ ।

घटना घटे लगतै उपचारका लागि बुढाथोकीका परिवार र आफन्तले जिल्ला अस्पताल रुकुमकोटमा पुर्याएका र अस्पताल पुर्याउदा बुढाथोकीलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । बुढाथोकीको टाउको, छाति र खुटामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । बुढाथोकीका श्रीमति तथा दुई वर्ष र ६ वर्षका दुई छोरी रहेका छन ।

Recent Update