November 23, 2020, Monday
२०७७ मंसिर ९

रुकुम पश्चिममा काेराेनाकाे कारण पहिलो पटक एककाे निधन

6.3K

रुकुम पश्चिममा काेराेना संक्रमणका कारण पहिलोपटक एक जनाकाे ज्यान गएकाे छ ।नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा उपचाररत रुकुम पश्चिम चाैरजहारी १४ निवासी ३३ बर्षका एक पुरुषको काेराेनाका कारणले ज्यान गएको हाे ।शुक्रबार बिहान पाँच बजे उनको निधन भएको हाे अस्पतालले पुष्टि गरेको छ ।

।अस्पतालले एक विज्ञप्ति निकाल्दै बाँके जिल्लामा उपचारको लागि बाहिर जिल्ला बाट उपचारकाे लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा भर्ना भएका काेराेना संक्रमित थप एकजनाकाे ज्यान गएको बताएको हाे ।

अस्पतालका अनुसार निजलाइ स्वास्थ समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज अस्पताल काेहलपुरमा गएको असाेज २१ गते भर्ना गरिएकाे थियो ।

काेराेना भाइरस संक्रमितकाे उपचारको लागि गर्नुपर्ने सबै पद्धति अपनाउदा पनि निजको स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बिहान पाँच बजे निधन भएको अस्पतालले जनाएको छ । यस अघि रुकुम पश्चिममा काेराेनाकाे कारणले कसैको ज्यान गएको थिएन ।

Recent Update