November 28, 2020, Saturday
२०७७ मंसिर १३

नेपालको सीमा मिचेका छैनौ,भवन आफ्नै भुभागमा निर्माण गरेका छौं: चिनियां अधिकारी

123

काठमाडौँ – चीनले नेपालको सीमा नमिचेको स्पष्ट पारेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले चीनले सीमा मिचेको भन्दै सरकारको विरोध गरिरहेका बेला चीलने भने हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटर वरै आफ्नै भूमिमा पर्ने स्पष्ट पारेको हो ।

चिनियां सरकारको मुखपत्र ग्लोबल टाइम्ससंग बुराङका विदेशी मामिला निर्देशक बकीले चीनले नेपालको सीमाभन्दा एक किलोमिटर टाढा भवन निर्माण गरेको दावी गरेका छन् । उनले भवन निर्माण पुर्व मे महिनामा विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।

चिनले बुरङ काउन्टीअन्तर्गत नयां गांउ निर्माण गरिरहेको छ । ग्लोबल टाइम्सले भवन निर्माण थाल्नुअघि नै सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरेको समेत दावी गरेका छन् ।

नेपालमा चीनले सीमा मिचेको चर्चा भएसंगै पुनः फिल्ड सर्भे गरिएको थियो । त्यसमा पनि चीनले भवन आफ्नै भुभागमा निर्माण गरेको पाइएको चिनियां अधिकारीले बताए ।

परराष्ट्रमन्त्रालयले समेत चीनले सीमा नमिचेको र भवन चीनतर्फ निर्माण भएको प्रष्ट पारिसकेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अध्ययन गर्न प्राविधिक टोली पठाउन सरकारसंग माग गरिरहेको छ।

Recent Update