November 23, 2020, Monday
२०७७ मंसिर ९

रुकुम पश्चिममा माटाेकाे ढिस्कोले पुरिएर एक महिलाको ज्यान गयो, ३ जना घाइते

1.4K

मनाेज डाँगी /रुकुम पश्चिम

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ , भने ३ जना घाइते भएका छन । नगरपालिका ९ जालदाइनाकी ३५ वर्षिया सुसिला नेपालीको आज बिहान घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमा नै ज्यान गएको हो । सोहि वडाको औलाधारा भन्ने ठाउँमा घर लिप्ने माटो खन्ने क्रममा उहाँको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी नायब निरिक्षक तिलक बहादुर शाहिले जानकरी दिए ।

माटोको ढिस्कोमा परि घाइते हुनेहरुमा सोहि वडाका २९ वर्षिया निर्मला चदाँरा,१५ वर्षिया प्रतिमा बि.क र ४५ वर्षिया गिता बटाला रहेका छन ।

घाइते हरुको अहिले वडा नम्बर ९ मा रहेको नगर अस्पतालमा उपचार भैरहको छ । घाइतेहरु निर्मला चदाँरा र प्रतिमा बिकको अवस्था सामान्य रहेको छ भने गिता बटालाको अवस्था अलि जटिल रहेको नगर अस्पतालले जनाएको छ ।मृतक नेपालीको शब भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ ।दशैकाे लागि घर लिप्ने माेटाे खन्न उनीहरु त्यहा पुगेका थिए ।

Recent Update