November 25, 2020, Wednesday
२०७७ मंसिर १०

रुकुम पुर्वकाे धाउने बगर औद्योगिक ग्राम बन्दै

690

मनद बिसी/रुकुम पुर्व

रुकुम पुर्वमा औद्योगिक ग्राम स्थापनाको लागि सानोभेरी नदि किनारको क्षेत्र अनुमगन गरिएको छ । औद्योगिक ग्राम स्थापनाको लागि सिस्ने गाउँपालिका ६ को धाउने स्थित सानोभेरी नदि किनार क्षत्रको भु-भाग अनुगमन गरिएको हो ।

सिस्ने गाउँपालिकालाई मात्र नभई समग्र जिल्लालाई आर्थिक रुपमा सक्षम बनाउन गाउँपालिको माग र प्रदेश सरकारको योजना अनुरुप औद्योगिक ग्राम स्थापना गर्ने उदेश्यले धाउनेको भु-भाग अनुगमन गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन ।

उद्योगहरुको स्थापनाको लागि सानोभरी नदिको धाउने क्षेत्र उत्तम रहेको लुम्बिनी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत टुक्रराज पाण्डेले बताए । हामीले धाउने लगाएत आसपासको भुगोल अवलोकन गरेका छाै पाण्डेले भने, यहाँ अल्लो प्रशोधन र पानी प्रशोधन उद्योगका साथै साबुन उद्योग तथा क्रसर उद्योग खोल्न सकिने ठुलो सम्भावना रहेको छ ।

धाउनेमा औद्योगिक ग्राम स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्नको लागि लागि प्रदेश सरकारले १५ लाख बजेट छुटाएको पाण्डेले बताए । जसको लागि दशै लगतै डिपिआरको काम सुरु गरिने पनि छ। धाउनेमा के के उद्योग सञ्चालन गर्न भने एकिन जानकारी डिपिआर तयार भएपछि मात्र थाहा हुनेछ ।

लुम्बिनी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत टुक्रराज पाण्डे, गणेश घिमिरे र रामहरी अर्याल तथा गाउँपालिका अध्यक्ष कुमारी बराल, निमित्त प्रमुख प्रसासकिय अधिकृत चिन्तामणी दाहाल, घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका उद्योग अधिकृत तारा प्रसाद शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लको टोलीले धाउने स्थित सानोभेरी नदि किनार क्षेत्रको आज अनुगमन गरेको थियोे ।

Recent Update