January 18, 2021, Monday
२०७७ माघ ५

विश्वभरका नेपाली एकले अर्को लाई सहयोग गराै: प्रतिष्ठान अध्यक्ष कार्की क्यानडा

744

बसन्त कार्की

विपि अध्यण प्रतिष्ठान क्यानडाका अध्यक्ष तथा जनसम्पर्क समिति क्यानडाका महामन्त्री बसन्त कार्कीले यतिबेलाकाे महासंकटमा विश्वभरका नेपाली भित्रि मन देखी एक हुन अनुरोध गरेका छन ।

काेराेना भाइरस संक्रमण बाट धेरै नेपाली संक्रमित भैरहेको र सहयोग नपाएर नेपाली पिडित भैरहेका केही घटनाहरु सार्वजनिक भएको भन्दै कार्कीले जाे जहाँ छाै त्यहाँ सहयोग गराै कार्कीकाे अनुरोध छ ।

विश्वका प्राय ठाउँमा हामी नेपालीका विभिन्न नेटवर्कहरु छन ती नेटवर्कहरु यतिबेला क्रियाशिल बनाओै यतिबेला हाे ती नेटवर्क चाहिने कार्कीकाे जाेड छ ।यस्तो बेला हामीले चासो पुर्व एक अर्कामा सहयोग आदानप्रदान गराै हाम्रा विभिन्न संकटहरु छन कार्की भन्छन ।

काेहि काम नपाएर अलपत्र छन,काेहि उपचार नपाएर अलपत्र छन सबै ठाउँमा सरकारले मात्रै नभ्याउन सक्छ यतिबेला हामी नेपालीकाे सहयोग नेपालीलाई चाहिन्छ कार्कि भन्छन्।

याे समय दायाँबायाँ, कुनै प्रतिसाेच नराखेर आफू पनि बाँच्ने र अरुलाइ पनि बचाउने दायित्व हामीमा आएको छ उनले भने । विश्व संकटमा छ हामी नेपाली पनि जाेखिममा छाै यस्तो बेला हाम्रो एकता हाम्रो सद्वभाव अपरिहार्य छ ।

भुगाेलमा बसेका नेपाली र भुगाेल भन्दा बाहिर रहेर नेपाली भावना भएका हामी नेपाली विचकाे आत्मियता सधैं जिवित रहाेस भन्दै २०७७ सालकाे शुभकामना समेत कार्कीले दिएका छन ।

क्यानडामा समाज सेवा तथा अन्य सामाजिक कार्यमा सकृय कार्की र विभिन्न संघसंस्थाहरुकाे सहकार्यमा हालै नेपाली समुदायलाई राहत समेत वितरण गरिएको थियो ।


नेपाल बाट भर्खरै क्यानडा पुगेका,विद्यार्थी ,तथा जागिर नपाएर बसिरहेकाहरुलाइ राहत वितरण गरिएको हाे । यसका अलवा क्यानडामा कुनै नेपालीलाई केही सहयोग आवश्यक परे सम्पर्क गर्न समेत विपि अध्यन प्रतिष्ठानले सबैलाई अनुराेध गरेको छ ।