November 25, 2020, Wednesday
२०७७ मंसिर १०

रामचन्द्र घिमिरेले सम्पादन गरेको रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व सार्वजनिक

363

नेपाली काँग्रेस प्रचार विभागका सदस्य रामचन्द्र घिमिरेले सम्पादन गरेको रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व पुस्तक सार्वजनिक भएको छ ।उक्त पुस्तककाे एक कार्यक्रम विच नेपाली काँग्रेसका नेता नरहरि आचार्य र नेकपाका नेता खगराज अधिकारीले संयुक्त रुपमा लोकार्पण गरेका हुन ।

अनलाइन बाट सार्वजनिक गरिएको कार्यक्रममा आचार्यले रुद्रनाथ घिमिरेकाे बारेमा वर्णन गर्दै भने घिमिरेले उपचारमा आयुर्वेदिक र प्याथोलोजी दुबै औषधी चलाउथे उनि आयुर्वेदका लागि आफु आधिकारी पनि थिए । तर प्याथोलोजी औषधिका लागि आफु आधिकारीक नभएको कुरा प्रस्टसँग भन्न सक्ने सामार्थ्य थियो । अरुले यो काम तपाईले नै गर्न पर्छ भने पछि उनी उपचार गर्थे । यस्तो क्षमता सबै मानिसमा हुँदैन उनीमा थियो आचार्यले भने ।

कार्यक्रममा नेकपा नेता खगराज अधिकारीले उनको सरलतापन सबैले सिक्नुपर्ने बताए । म अझ बामपन्थी विचारमा लागेको मान्छे हामी भन्दा बढी उनी सामाजिक थिए भन्दै समाजको लागि हुनुपर्छ भन्ने उनको विचार र दृष्टिकोण सधै रह्यो अधिकारीले भने । घिमिरे एक असल र सरल मानिस थिए उनको व्यक्तित्व सबैले अनुशरण गर्नुपर्छ अधिकारीले भने ।

यस्तै कार्यक्रममा बाेल्दै बाल्मीकी क्याम्पस प्रमुख डा.गणेश घिमिरेले रुद्रनाथ घिमिरेले आजभन्दा साठी पैसठुठी वर्ष अघि छोरीलाई पढाएर शिक्षाको महत्व समाजलाई बुझाउन महत्वपूर्ण भूमिका खेलेकाे बताए ।

बिरामी भएर बाटोमा लडेको मानिसलाई पनि उठाएर लगेर उपचार गरेर पठाएको यस उक्त पुस्तकमा समेत उल्लेख गरिएको छ ।परिवारमा छोरा बुहारीलाई समान व्यवहार गरेको र सन्ततीको भविष्य कसरी निर्माण गर्नुपर्छ भनेर समेत सिकाएका थिए ।

कार्यक्रममा चुडाराम परियारले रुद्रनाथ घिमिरेको घरमा म सबै गाउ डुलेर खाना खान जाने घर हो भनेर सम्झिए । हाम्रो ३ पुस्ताले उहाँहरुकोमा काम गरेकाे थियो । उहाँले हामीलाई कहिल्यै दमाई होस भन्नु भएन । कान्छा के गर्दैछस भनेर सधै नै बोलाउने गर्नुहुन्थ्यो । हामी विरामी हुँदा उहाँले नै उपचार गर्नु हुन्थ्यो । मेरो बा विरामी हुदा पनि उहाँ आफै आएर उपचार गर्नु भएको थियो भन्दै चुडाराम भावुक बने ।

सम्पादक घिमिरे यो पुस्तकबाट नयाँ ज्ञानको बोध भएको बताएका छन। प्रत्येक सन्तानलाई लाग्छ, हामीले हाम्रा बा–आमालाई चिनेका हुन्छौं ! तर त्यसरी चिनिएको हुँदो रहेनछ । उक्त पुस्तकमा विभिन्न आयामहरु उजागर भएका छन । पुस्तक हेर्दा रुद्रनाथ घिमिरे नायकको रुपमा प्रकट हुन्छन । यस पुस्तकमा आधारित भएर एउटा राम्रो सामाजिक फिल्म नै पनि बन्न सक्ने सम्भावना घिमिरेले देख्छन ।

उक्त कार्यक्रममा शिक्षाविद गेहेन्द्रप्रसाद घिमिरे, इन्द्रबहादुर अधिकारी, व्यावसायी इन्दिरा बराल आदिले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सभापतित्व रुद्रतुलचन्द्र प्रतिष्ठानकी अध्यक्ष हरिमाया सिग्देलले गरेकि थिइन भने स्वागत प्रतिष्ठानकै उपाध्यक्ष राधादेवी लम्सालले गरेकि थिइन । कार्यक्रम संचालन वरिष्ठ पत्रकार पूर्णचन्द्र घिमिरेले गरेका थिए

Recent Update