October 25, 2020, Sunday
२०७७ कार्तिक ९

लकडाउनमा मोटरसाइकल चलाउन नपाइने

525

मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ ।

वाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु बजार आउजाउ गरेका कारण लकडाउन प्रभावकारी नहुने देखिएकाले कडा बनाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिएका हुन ।

पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिएकाे बताए । रासस

Recent Update