November 25, 2020, Wednesday
२०७७ मंसिर १०

रुकुम पूर्वमा चार हजार भन्दा बढि बेरोजगारले दिए निवेदन

357

मदन बिसी/रुकुम पुर्व

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम पूर्वमा चार हजार भन्दा बढि बेरोजगार सूचिकृत भएका छन । आर्थिक वर्ष २०७७÷०७८ का लागि जिल्लाका तीन स्थानिय तहबाट चार हजार एक सय ६७ जना रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका हुन ।

सरकारले गएको साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको पालिकाको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानि रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।जिल्लाका तिन स्थानिय तह मध्ये सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८ सय ४३ बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताइन ।

यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६ बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिइन । सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७ सय १८ बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन ।

Recent Update