November 30, 2020, Monday
२०७७ मंसिर १५

रेमलाल द्वारा अपांग आश्रमलाई आर्थिक सहयोग

786

बुटवल उपमहानगर पालिका ११ मा रहेको नेपाल अपांग आश्रम बुटवललाई समाजसेवी रेम लाल खनालले आफ्नो जन्म दिनको अवसरमा १० हजार रुपैया आर्थिक सहयोग गरेका छन ।

नेपाली जनसम्पर्क समिति माल्टाका उपाध्यक्ष समेत रहेका खनालले यस अगाडि पनि उक्त आश्रम लगाएत अन्य सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएका थिए ।

केही बर्ष देखि माल्टामा कार्यरत खनालले जन्म दिनमा अनावश्यक खर्च नगरी उक्त अपांग आश्रमलाई सहयोग गरेको बताए ।

समाजसेवी खनालले दुखी,असाय,अशक्तहरुकाे लागि पनि बेला बेला सक्दाे सहयोग गर्दै आएका छन ।नेपालकाे गुल्मी जिल्ला रेसुङंगा नगरपालिका ४ घर भएका खनालकाे समाजसेवी मनलाई सबैले प्रसंसा गरेका छन

Recent Update