November 27, 2020, Friday
२०७७ मंसिर १२

भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख नाघ्यो

120

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । ७ लाख ४० हजार ६५८ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९५० पुगेको छ ।

Recent Update