December 6, 2020, Sunday
२०७७ मंसिर २१

रुकुम पूर्वमा बिहीबार साँझ जीप दुर्घटना हुदा १३ जना घाइते

357

मनाेज डाँगी /रुकुम पश्चिम

रुकुम पुर्व भूमे गाउँपालिका–९ चुनबाङमा जीप दुर्घटना भएको छ । बिहीबार साँझ करिब ५ बजेको समयमा दाङबाट भूमे–८ कोर्जा जादै गर्दा भूमे–९ चुनबाङ स्थित च्याङ्चुङमा जीप दुर्घटना भएको हो ।

रा १ च ७२१ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका १३ जना यात्रु मध्ये दुई जनाको अवस्था गम्भीर भएपछि बिहीबार राती जिल्ला अस्पताल रोल्पामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

गम्भीर घाइते भएका भूमे–९ का दिवस श्रेष्ठ र भूमे–८ का रमेश खड्कालाई स्वास्थ्य चौकी भूमे–९ चुनबाङमा उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल रोल्पामा रिफर गरिएकोमा हाल दुईको अवस्थामा पनि सामान्य बन्दै गएको डीएसपी बज्राचार्यले बताए ।

१३ जना घाइते मध्ये ११ जना घाइतेहरू स्वास्थ्य चौकी चुनबाङमा उपचार पछि शुक्रबार बिहान घर फर्किसकेको प्रहरीले जनाएको छ । जीप चालक दिपेन्द्र घर्तीलाई इलाका प्रहरी कार्यालय चुनबाङले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बज्राचार्यले जानकारी दिएका छ्न ।

Recent Update