November 23, 2020, Monday
२०७७ मंसिर ९

महामन्त्री खनालको व्यवस्थापनमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

885

नेपालीहरुको महान पर्व बिजया दशमीको पावन अवसरमा नेपाली जनसम्पर्क समिती साइप्रसका महामन्त्री सरस्वती तिमल्सिना खनालको अगुवाइमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लामाे समय देखि समाजसेवामा क्रियाशील महामन्त्री खनालले उपलब्ध नेपालीहरुकाे सहभागीतामा उक्त कार्यक्रमकाे आयोजना गरेकि हुन ।

उपस्थित ब्यक्तिहरुको परिचयात्मक कार्यक्रमबाट सुरु भएको कार्यक्रममा दशमीको टीका,जमरा,आशीर्वाद,साथै शुभकामना आदानप्रदान समेत गरिएको थियोे । लगत्तै साइप्रसमा रहेका विद्यार्थीहरुका विभिन्न समस्या र त्यसका समाधानका बारेमा एक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियोे।उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री खनालले आफ्नो ब्यक्तिगत एवं सस्थागत तर्फबाट पनि बिशेष पहल गर्ने बताइन ।

विद्यार्थीले भोग्नुपरेका विभिन्न समस्याका बारेमा विद्यार्थीहरुको तर्फबाट प्रबिण बुढा मगरले जानकारी गराएका थिए ।उक्त कार्यक्रममा साइप्रसमा रहेका नेपाली काँग्रेसमा आस्थावान महानुभावहरुलाई नेपाली जनसम्पर्क समिती साइप्रसका महामन्त्री खनालले नेपाली काँग्रेसकाे साधारण सदस्यता समेत वितरण गरेकी थिइन ।

उक्त कार्यक्रमको अन्त्यमा विभिन्न नेपाली खानाका परिकारहरु सहितको भोजन ग्रहण कार्यक्रम पनि राखिएको थियोे।यसरी परदेशमा भए पनि आफ्नो रितिरिवाज र परम्परा जोगाउने उद्देश्यले दशै कार्यक्रम गर्न धेरै साथीहरू इच्छूक भएतापनी कोरोना कहरका बिच साइप्रस सरकारको निर्देशन एवं अनुमति लिएर सिमित सङ्ख्यामा मात्र जमघट भएर बाध्यताका बिच पनि कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकाे महामन्त्री खनालले बताइन् ।

Recent Update