November 27, 2020, Friday
२०७७ मंसिर १३

बेवारिसे अवस्थामा ५ सय स्मार्ट लाइसेन्स धान खेतमा भेटिए

309

यातायात व्यवस्था कार्यालय जनकपुरले सेवाग्राहीलाई वितरण गर्न राखेको करिब ५ सय थान स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा भेटिएको छ ।

जनकपुरको मुजेलियास्थित यातायात कार्यालय नजिकै रहेको धान खेतमा सवारी चालक अनुमतिपत्र भेटिएको कार्यालय प्रमुख विपिन कर्णले स्विकारे ।

खेतमा धान काट्ने क्रममा मजदुरहरूले लाइसेन्स देखेपछि बटुलेर बुधबार अपरान्ह कार्यालयमा बुझाइदिएका थिए ।
कार्यालयको कोठामा सुरक्षित राखिएको लाइसेन्स धान खेतमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको कर्णले बताए ।याे खबर कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ

Recent Update