January 16, 2021, Saturday
२०७७ माघ ३

मंगलबार साँझ बिजुली प्रशारण किन भयो एकै साथ अबरुद्ध ?

113

देशका विभिन्न भागमा चलेको हावाहुरीका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८.४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ ।


प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताए ।

उनले अवरुद्ध भएको सेवा सुरु भइसकेको पनि बताए । न्यौपानेले समस्या भएका स्थानमा टोली पुगेर मर्मतको काम पनि भइरहेको जानकारी दिए ।


‘केही बेर केन्द्रीय प्रणाली नै गयो, समस्या भएका स्थानमा हाम्रो मर्मतको टोली परिचालित छ,’ उनले भने ,’भारप्रेषण केन्द्रले आवश्यक प्राविधिक काम गरिरहेको छ ।अनलाइन खबर बाट