October 31, 2020, Saturday
२०७७ कार्तिक १५

मलाइ शुभकामना नदेउँ मेरो घरमा जुठो परेको छ

1.1K

प्रसिद्धा शर्मा

लास देखिन, दाग बत्ति दिइन
कमाउन गएको छोरो, घर फर्किएन
बुहारी किरिया बसेकी छन्
म शोक र पीडाले मर्माहत छु,
भो मलाइ नयाँ वर्षको शुभकामना नदेउँ
मेरो घरमा जुठो परेको छ ।


देश रोएको छ,विदेशमा कोलाहल छ,
मर्नेको संख्या दिनहु थपिदो छ
कोरोना विकराल बन्दै जादा
भो मलाइ नयाँ वर्षको शुभकामना नदेउँ
मेरो घरमा जुठो परेको छ ।

बन्द गर पशुपतिका आरतीहरु
निकाल भ्रष्ट भट्ट पुजारीहरु
तिम्रा देवि देवताका भजनहरु
जामे मस्जितका प्रार्थाना
अनि चर्च र बुद्धका आरधनाले
हाम्रो मृत्यु टार्न सकेन,
म यो शोकमा उत्सव मनाउन सक्दिन
भो मलाइ नयाँ वर्षको शुभकामना नदेउँ
मेरो घरमा जुठो परेको छ ।

आफुलाई महाशक्ति ठान्थेउ
ट्रो्नार्डो झै मडारिन्थेउ
विनासकारी हतियार निर्माण गर्दै
वम गोला खसाली हिड्थेउ,
आज कोरोनाले नरसंहार बनाउदा
तिम्रो हुर्मत लिदै
तिम्रो ढोकामा मृत्यु मडारीदा,
भो मलाइ नयाँ वर्षको शुभकामना नदेउँ
मेरो घरमा जुठो परेको छ ।

विश्व शोकाकुल भएको बेला
जीवन मरणको युद्ध लडिरहदा
नयाँवर्ष तिमी स्वागत थाप्न आएका हौला,
देश शोकमा डुबेको बेला
नयाँ वर्ष म तिमीलाई स्वागत गर्न
फूलमाला लिएर उभिन सकिन
भो मलाइ नयाँ वर्षको शुभकामना नदेउँ
मेरो घरमा जुठो परेको छ ।

बुहारी कोरामा छिन्न
नाति आइसोलेसनमा,
नातिनी क्वारेन्टाइनमा
बुढा अस्पतालमा छन्
म लकडाउनमा छु ,
पानी खुवाउने सम्म कोही छैन,
कोरोना ढोकामा लम्पसार छ
नयाँ वर्षले जस्केलामा टाङ अड्याएको छ
यसवेला म स्वागत लिन दिन असमर्थ छु,
भो मलाइ नयाँ वर्षको शुभकामना नदेउँ
मेरो घरमा जुठो परेको छ ।

प्रसिद्धा शर्मा सिन्धुली

Recent Update