November 28, 2020, Saturday
२०७७ मंसिर १३

कमलको लाउरेको छोरीले गीत सार्वजनिक

621

लोकसंगित क्षेत्रको बेग्लै पहिचान बोकेको गीत लाउरेको छोरीले बजारमा आएको छ । सहज र जो सुकैलाई पनि नाच्न सजिलो हुने खालको गीत लाउरेको छोरीले कमल बुढाथोकीले बजारमा ल्याएका हुन् ।

कमलको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको गीतमा कमलको शब्द रहेको छ भने अमरदिप बुढाथोकी, शान्ता बस्नेत र लक्ष्मण गिरीको स्वर रहेको छ । लय भने अमरदिप बुढाथोकीले गरेका छन् । यसै गरी अभिनय एलिसा चन्द, सुनिलजंग कुँवर, लक्ष्मी सुनार र मनोज बिकले गरेका छन् ।भिडियो https://www.youtube.com/watch?v=ux2tx6LfQT0&feature=share&fbclid=IwAR0pKOv9rVIKsfVSWdZE3Nqm1jT3RfviBWTn0m-Z2YRfMqb7QeN9PT7ZPa8

छोटो समयमा निकै राम्रो स्वर दिएर चर्चा कमाउन थालेकी गायिका शान्ता बस्नेतले गीत सबैको दिल दिलमा बस्ने बताइन् । आफुहरुलाई अगाडी बढ्नमा दर्शक स्रोताकै हात भएको शान्ताको भनाई छ ।

Recent Update