October 22, 2020, Thursday
२०७७ कार्तिक ७

काफल र कोरोना

636

बालाराम ओली

ए पाखाभरी उभिएका
आदरणीय काफलका बोटहरु
सम्झिरहेछु हरपल तिमीहरुलाई
विगत वर्षहरुमा तिम्रा हाँगामा बसेर
तिम्रै फलहरु खाएको

यतिखेर तिम्रा डालीमा टेकेर
कोइली गीत गाउदै छे होला
न्याउलीका जोडीहरु
विरह जगाउदै छन् होला
तिम्रा लाल जवानीले
हाँगाहरु निहुरिसके होला

रहर थियो तिम्रा हाँगाहरु समाउन
रसिला तिम्रा फलहरु खाँदै–खाँदै
ती चरीहरु सँगै मधुर गीत गाउन
तिम्रो फेदमा अडेस लागेर
सुरिलो धुनमा बाँसुरी बजाउन

तर आदरणीय काफलका बोटहरु
म त तिम्रो सम्झनामा अहिले
सानो कोठाभित्र गुम्सिएको छु
चारैतिरबाट सैतान कोरोनाको जगजगाीले ।

बालाराम ओली पश्चिम रुकुम

Recent Update