November 27, 2020, Friday
२०७७ मंसिर १२

जो वाइडन जित नजिक, अब ६ इलेक्ट्रोल मत मात्रै आवश्यक 

540

अमेरिकाको राष्ट्रपति निर्वाचनमा जो वाइडन जितको नजिक पुगेका छन् । बुधबार भएको निर्वाचनमा डमोक्रेटिक पार्टीका उम्मेदबार वाइडनले यसअघि रिपव्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पले जितेका राज्यहरु मिजिगन, विसकन्सस र एरिजोनामा जित हासिल गरेपछि आगामी चार बर्षको लागि वाइडेन राष्ट्रपति हुने निश्चित जस्तै भएको हो । 
हालसम्मको मत परिणाम अनुसार वाइडनले २ सय ६४ इलेक्ट्रोल कलेज जितेका छन् भने राष्ट्रपति ट्रम्पले २ सय १४ मात्रै जितेका छन् । वाइडेनका लागि भावी राष्ट्रपति हुन अब जम्मा ६ इलेक्ट्रोल कलेज जित्नु पर्ने हुन्छ । वाइडनले इलेक्ट्रोल कजेल ६ भएको नेभोडाको मतगणनामा अग्रस्थानमा छन् ।

नेभोडामा जितेसँगै आगामी चार बर्षको लागि अमेरिकाको राष्ट्रपतिमा वाइडन निर्वाचित हुने निश्चित हुनेछ । जर्जिया, नर्थ क्यालोरिना, पेन्सिनभेनिया, अलास्का र नेभोडाको मतगणना सकिएको छैन् ।

यि चार राज्यमध्य वाइडनले नेभोडामा लिड गरेका छन् भने बाँकी सबै राज्यमा ट्रम्पले सानो मार्जिनमा लिड गरेका छन्। नेभोडा बाहेक अरु सबै राज्यमा ट्रम्पले जित हासिल गरेपनि उनलाई राष्ट्रपतिका लागि आवस्यक पर्ने इलेक्ट्रोल मत पुग्दैन।

Recent Update