December 1, 2020, Tuesday
२०७७ मंसिर १६

सल्यानमा जिप दुर्घटना हुदा तीन जनाको ज्यान गयो

357

दाङको तुलसीपुर बाट रोल्पाको सुकाओडार जाँदै गरेको लु १ ज २९११ न. को जिप सल्यानको छत्रेश्वरी गाउपालिका वडा न. ४  तिबाङघारीको भिर बाट खस्दा ३ जनाको घटनास्थलमै ज्यान गएको छ।

तुल्सिपुरबाट चालकसहित ७ जना यात्रु लिएर हिडेको उक्त जिपमा सवार ४ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण वलिले जानकारी दिए ।

ज्यान गुमाउनेमा रोल्पा गङगादेब गाउपालिका ७ बस्ने भिम बहादुर वली,सोही ठाउका १७ बर्षिय भिम राज बुढा र गङगादेब गाउँपालिका ५ का गन्जमान बुढा रहेको प्रहरीले जनाएको छ ।

Recent Update