December 4, 2020, Friday
२०७७ मंसिर २०

दक्षिण काेरियाकाे चुनावमा मून जाइ इनको गठबन्धनलाई बहुमत प्राप्त

351

कोरोना भाइरस को महामारीबीच भएको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीले जित हात पारेको छ । सामाजिक दूरी र उल्लेख्य सतर्कता अपनाएर सम्पन्न भएको निर्वाचनमा राष्ट्रपति मून जाइ इनको डेमोक्रेटिक पार्टीले कुल तीन सयमध्ये एक सय ६३ सिट जितेको हो ।


सत्तारुढ गठबन्धनको अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट जित्ने अनुमान गरिएको छ ।
यससँगै सत्तारुढ गठबन्धनको राष्ट्रिय सभामा एक सय ८० सिट पुग्न सक्ने बताइएको छ । विपक्षी युनाइटेड फ्युचर पार्टीले भने निर्वाचनमा एक सय तीन सिट जित्ने अनुमान गरिएको छ !

दक्षिण कोरियामा सत्तारुढ डेमोक्रेटिक पार्टीले स्पष्ट बहुमत ल्याउनुलाई कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदमको अनुमोदनको रुपमा हेरिएको छ ।

यससँगै दक्षिण कोरियामा सन् १९८७ को प्रजातान्त्रिक निर्वाचनपछि सबैभन्दा ठूलो बहुमतको सरकार देखिएको हो । साथै १६ वर्षपछि दक्षिण कोरियामा वामपन्थी पार्टीले स्पष्ट बहुमत पाएको बिबिसीले जनाएको छ ।

Recent Update