November 27, 2020, Friday
२०७७ मंसिर १३

सुआहारा द्वारा रुकुम पुर्व र पश्चिमका स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ सामाग्री सहयोग

390

मनाेज डाँगी /रुकुम पश्चिम

रुकुमेली समाज बिकास केन्द्र रुकुम पश्चिम द्वारा संचालित सुआहारा कार्यक्रमले जिल्लाको ६ बटा स्थानिय तह र रुकुम पुर्वी जिल्लाको ३ वटा स्थानिय तह गरी ९ वटै स्थानिय तहमा स्वास्थ सामाग्री वितरण गरेको छ ।

महिला स्वास्थ स्वयंसेविकाई लक्षित गरी आगामी मंसिर महिनाको ११ र १२ गते राष्ट्रिय व्यापक रुपमा संचालित भिटामिन ए र जुकाको औषधी खुवाउन कार्यक्रममा कोभिड १९ कोरणा भाईस बाट बच्नको लागी मास्क र सेनिटाईजर बितरण गरीएको उक्त परियोजनाले बताएको छ ।

महिला स्वास्थ्य स्वयंमसेविकाको लागी प्रत्येक महिला स्वास्थ्य स्वयंंमसेविकालाई ५ वटा मास्क र १ वटा सेनिटाजर बितरण गरीएको छ । जसमा मुसिकोट नगरपालिकामा महिला स्वास्थ्य स्वयंमसेविका ४७ जना, त्रिवेणी गाँउपालिकामा ३७ जना ,चौरजहारी नगरपालिका ३८ जना,आठबिसकोट नगरपालिकामा ४७ जना,बाफिँकोट गाउँपालिकामा ३९ जना,र सानीभेरी गाँउपालिकामा ३७ जना गरी रुकुम पश्चिमका २ सय ४५ जनालाई २ सय ४५ वटा सेनिटाईजर र १हजार २ सय २५ वटा मास्क बितरण गराएको छ ।

त्यसै गरी रुकुम पुर्वका सिस्ने गाँउपालिकामा ४२ जना भुमे गाँउपालिकामा ४६ र पुथा गाँउपालिकामा ५४ जना गरी १ सय ४२ जनालई १ सय ४२ वटा सेनिनाईजर र ७ सय १० वटा मास्क बितरण गरीएको छ ।

Recent Update